राजनीति


चित्रबहादुर केसीको तर्क : संविधान जोगाउन गठबन्धनलाई जिताऊँ

चित्रबहादुर केसीको तर्क : संविधान जोगाउन गठबन्धनलाई जिताऊँ

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०७९ मंगलबार १९:३३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न संघीय र प्रदेश सभाको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्ने बताएका छन्। 

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार केसीले गठबन्धन दलद्वारा मंगलबार बागलुङ सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन्। 

उनले चुनावमा अग्रगमनकारी शक्तिले जित्ने की परिवर्तन विरोधीले भन्ने विषय गम्भीर प्रश्न बनेर आएको  बताए। 

'अहिलेको चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, संविधान र गणतन्त्र जोगाउन अग्रगमनले जित्नैपर्छ, यो जीवनमरणको प्रश्न हो', उनले भने, 'राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुस्।'

उनले संविधानका उपलब्धि रक्षा गर्ने सर्तमा भिन्न विचार र कार्यशैली भएका दलहरुबीच संयुक्त चुनावी मोर्चा बनेको बताए। 

'ठूल्ठूला राजनीतिक परिवर्तन प्रजातान्त्रिक र वाम शक्ति मिलेर नै सम्भव भएको हो', उनले भनेयो, 'अन्तरविरोध हुँदा हुँदै पनि साझा मुद्दामा दलहरुबीच संयुक्त मोर्चा र कार्यगत एकता हुन्छ।'

अध्यक्ष केसीले चुनाव जितेर संसद्‍मा गएपछि आफूले आधारभूत तहका जनताको आवाजको प्रतिनिधित्व गर्ने बताए। 

वि.सं. २०५६ र २०६४ को चुनावमा बागलुङ-२ बाट चुनाव जितेका केसी सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad