ad ad

खेल


नवौँ खेलकुद : फेन्सिङमा एपीएफले स्वर्णको खाता खोल्यो

नवौँ खेलकुद : फेन्सिङमा एपीएफले स्वर्णको खाता खोल्यो

नेपालखबर
असोज २५, २०७९ मंगलबार १९:३९, पोखरा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मगंलबार सम्पन्न फेन्सिङको पदकमा विभागीय टोलीको वर्चश्व रहेको छ। 

मगंलबार पोखरा रगंशालास्थित ब्याडमिन्टन हलमा भएको खेलमा पुरुष  र महिलातर्फ भएको फाइनलमा विभागीय टोलीले २ स्वर्ण जित्दा बागमती प्रदेशले स्वर्णमा बाजी मारेको छ।  

महिला फोयलतर्फ आर्मीकी रमा कुमारी सिंहले स्वर्ण जित्दा एपीएफकी मनिषा राईले रजत पदक जितेकी छन्। 

एपीएफकै मन्दीरा राई र अनिता अधिकारी कास्य पदकमा सीमित भए। यसअघि आर्मीकै इन्दिरा पौडेलले क्लबलाई पहिलो स्वर्ण दिलाएकी थिइन्। 

इप्पी पुरुषतर्फ बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण जित्दा आर्मीका राम थापा रजत पदकमा चित्त बुझाए। 

बागमती प्रदेशका लागि शिक्षा नापितले सोमबार पहिलो स्वर्ण दिलाएकी थिइन्। 

आर्मीका मिन कार्की र विजय अधिकारी कास्यमा सीमित भए। बागमतीका प्रदेशलाई ओमकारले दोस्रो स्वर्ण पदक दिलाएका हुन्। उता एपीएफले पहिलो स्वर्ण जितेको छ। 

पुरुष सेवरतर्फ एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जित्दा आर्मीका उपेन्द्र शाहीले रजत जिते। आर्मीकै रघु बहादुर चन्द र खेमराज खत्रीले कास्य पदक जिते।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .