राजनीति


उम्मेदवार बन्न नदिन षड्यन्त्र गरेको भन्दै कांग्रेस युवानेता शाहीले पोखे आक्रोश

उम्मेदवार बन्न नदिन षड्यन्त्र गरेको भन्दै कांग्रेस युवानेता शाहीले पोखे आक्रोश

नेपालखबर
असोज २३, २०७९ आइतबार २१:५९, काठमाडौँ

नेपाली कांग्रेसका युवानेता भूपेन्द्रजंग शाहीले आफूलाई षड्यन्त्र गरेर उम्मेदवार बन्नबाट वञ्चित गरेको बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले सुन्दर कालीकोटलाई समृद्ध कालीकोटमा बनाउने आफ्नो सपना पूरा हुन नदिएको आरोप लगाएका हुन्। 

‘सुन्दर कालीकोटलाई समृद्ध कालिकोट बनाउने मेरो सपना, सांसद बनेर ठूलो मान्छे बन्नेभन्दा पनि जनताको सेवक भएर काम गर्ने मेरो चाहना, कालिकोट र कर्णालीका गाउँ बस्तीका दुख पीडा, समस्या र जनताका दबिएको आवाजलाई सिंहदरबारमा  घन्काउने, त्यो क्षेत्रको विकासको लागि ब्यापक दबाब सृजना गर्ने र यथार्थमै कालिकोटलाइ परिवर्तन गरेर देखाउने मेरो प्रतिबद्धता थियो’उनले भनेका छन्, ‘तर दुर्भाग्य आज मलाई विभिन्न खाले षड्यन्त्र गरेर उम्मेदवार बन्नबाटै वञ्चित गरिएको छ।’

पढ्नुहोस् उनले के भने? 

साथीहरु! यो पटकको  निर्वाचनको मैदानबाट म बाहिरिएको छु।  धेरै शुभेच्छुक, समर्थक, सहयोगी र म प्रति गहिरो सहानुभूति र आत्मिय सद्धभाव राख्नुहुने तमाम साथीहरुको चाहना म यो पटक कालिकोटमा संघीय सांसद मा उम्मेदवार बनोस र एकपटक कालिकोटबाट सबैले मतदान गरेर विजयी गराऔँ भन्ने थियो भन्ने मैले महसुस गरेको छु। 

तर सुन्दर कालिकोटलाई समृद्ध कालिकोट बनाउने मेरो सपना, सांसद बनेर ठूलो मान्छे बन्ने भन्दा पनि जनताको सेवक भएर काम गर्ने मेरो चाहना, कालिकोट र कर्णाली का गाउँ  वस्ति  का दुख पिडा, समस्या र जनताका दबिएको आवाजलाई सिंहदरबारमा  घन्काउने, त्यो क्षेत्रको विकासको लागि ब्यापक दबाब सृजना गर्ने र यथार्थमै कालिकोटलाइ परिवर्तन गरेर देखाउने मेरो प्रतिबद्धता थियो  तर दुर्भाग्य आज मलाइ बिभिन्न खाले षड्यन्त्र गरेर उम्मेदवार बन्न वाटै बन्चित गरिएको छ।

म दुइ पटक  संघीय सांसद को उम्मेदवार भैसकेको क्षेत्रलाइ गठबन्धन को नाममा माओवादीलाई  बुझाउने काम गरियो यति मात्रै होइन  संघ को क्षेत्र माओवादीलाइ बुझाइ सकेपछि पुनः मेरो प्रदेश क्षेत्र पनि षड्यन्त्र पुर्बक त्यहि माओवादी लाई बुझाउने काम गरियो।  मलाइ हर तरह वाट रोक्ने, छेक्ने , तह लाउने, मेरो राजनीतिक हत्या गर्ने र मलाई उम्मेदवार बन्न रोकेर कालिकोट कर्णालीका आवाज हरुलाई  बन्द गर्न खोजियो । मलाई  कुनै पद नपाएर दुख लागेको होइन मलाई  कालिकोट कर्णाली बदल्ने मेरो सपना मा ठेस लागेकोमा मन भारि भएको  मात्र हो।

मलाई  पार्टि र गठबन्धन ले अन्याय र अपराध गरे पनि स्वतन्त्र उठ्नु पर्छ भनेर हजारौ को सल्लाह, सुझाव र समर्थन प्राप्त भयको पनि हो। जनताले कालिकोटमा बिकल्प खोजिरहेको,  युवाले नयाँ  नेत्तृत्व चाहेको र   आम मतदाताले साझा व्यक्तित्व खोजिरहेको बेला मलाई  स्वतन्त्र वाटै भयपनि कालिकोट वाट निर्बाचित हुने ठुलो मौका पनि थियो। 

मैले निर्वाचनको तयारि पनि सबै ढंगबाट  गरेको पनि थिए तर अन्तिम समय सम्म पार्टिले अन्न्याय नगर्ला भनेर बस्दै समय बित्नु, उम्मेदवारी हाल्ने अन्तिम समय सम्म पनि गठबन्धन लाइ कुर्नु, मौसम को खराबिको कारण कालिकोटमा नेटवोर्क नहुनाले सरोकार वाला साथिहरु सङ्ग सम्पर्क हुन नसक्नु, पार्टि प्रति बढि नै बिस्वास गरि अरु थप रणनिति बनाउन समयको अभाब हुनु जस्ता यि बिभिन्न कारणले र धेरै साथिहरुको जस्तो सुकै पिडा शहेर पनि कठिन परिस्थिति मा पनि धैर्यता पुर्बक पार्टि भित्रै सङ्घर्स गरेर अगाडि बढ्नु पर्छ भन्ने अमुल्य सुझाव र कति भावानात्मक सल्लाहले गर्दा मुटु माथि ढुङ्गा  राखेर हास्दै मैले यो पटक चुनाव नउठ्ने निर्णयमा पुगेको छु।

मैले राजनिति भनेको समाजसेवा हो भन्ने लागेर सानो बच्चा हुदै कक्षा ६ मा पढ्ने बेला वाटै राजनीति सुरु गरेको हु  मेरा लागि पद र सुबिधा ठुलो कुरा होइन म एउटा बिचार, सिद्धान्त , मुल्य मान्यता र आदर्श को लागि हिड्ने मान्छे हो।

तर आजको राजनिति अनैतिक, फटाह, चोरि, डकैति, बेइमानि, सत्ता र स्वार्थको लागि मात्रै बन्दै जान थालेको छ। अब म बच्चा हुदै सफा राजनिति सोचेर लागेको मान्छे अहिले यो फोहोरि राजनिति देखेर कता भागौ कता जाउरु एकदमै बिरक्त पनि लाग्छ  अहिले म माथि भएको घोर अन्याय, गम्भिर षड्यन्त्र, राजनितिक अपराध लाइ चटक्कै छोडेर चुपचाप बसौ जस्तो पनि लाग्छ तर यि यस्ता समस्या  हरु बाट टाढा भागेर हिड्ने भन्दा पनि पार्टि भित्रै अन्यायको बिरुद्ध लड्नु, भ्रष्टाचार बिरोधि अभियान  सन्चालन गर्दै, सबैलाइ न्याय र समान अवसरको लागि संघर्ष  गर्नु पार्टि परिबर्तन, रुपान्तरण र सुद्धिकरणको लागि पार्टि भित्रै बैचारिक लडाइ लड्दै अगाडि बढ्नु पर्छ भन्ने निष्कर्षमा पुगेको छु।

म दुई दुई पटक निर्वाचन लडिसकेकोले र अहिले अन्तिम पटक यसै पटक चुनाव को लडाइँ उत्रने भन्ने मेरो गहिरो इच्छा, मेरो पक्षमा देखिएको कालिकोटको माहोल र जनमत , एक पटक मलाई  जिताउने कालिकोटका जनताको माया र सहानुभूति साथै युवा साथिहरु को ब्यापक समर्थन को कारण चुनाव उठ्ने सम्पुर्ण  तयारी  हुँदा हुँदै   पनि गठबन्धन र  मेरो पार्टिको निर्णयको कारण म चुनाब उठ्न बाट बन्चित बनेको छु । जब मेरो भाग्यमा नै सम्सद र मन्त्री बन्न लेखेको छैन भने अब म यो पदको लागि मेरो रहर पनि त्यागेर अब ५ बर्स पछि हुने निर्बाचनमा पनि म उम्मेदवार नबन्ने घोषणा  पनि गर्दछु।

अब कालिकोट मा नयाँ  साथीहरू उम्मेदवार को रुपमा आउनु हुनेछ। तर म अर्को पटक चुनाव नउठे पनि पार्टी  शुद्धीकरण को लागि थप उर्जा र हौसलाका साथ पार्टी  भित्रै अन्यायमा  परेका आम कार्यकर्ता,  पिडा भोगिरहेका साथिहरुको न्यायको लडाइ लड्दै अगाडि बढ्ने  सङ्कल्प गर्दछु । 

 न्याय, समान अवसर र शुद्धीकरण को अभियान जारि रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad