ad ad

राजनीति


देउवाको मनोनयन पत्र वारेसमार्फत पत्नी आरजुले दर्ता गर्ने

देउवाको मनोनयन पत्र वारेसमार्फत पत्नी आरजुले दर्ता गर्ने

नेपालखबर
असोज २३, २०७९ आइतबार १०:३१, काठमाडौँ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वारेसमार्फत् प्रतिनिधिसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गर्ने भएका छन्।

मनोनयन पत्र दर्ताका लागि उनले प्रथम महिला तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई डडेल्धुरा पठाएका छन्। 

डा. राणा श्रीमानको मनोनयन पत्र दर्ताका लागि शनिबार बेलुकी डडेल्धुरा पुगेकी हुन्। 

कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीले आइतबार दिउँसो २ बजे मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .