राजनीति


कुन्दन काफ्ले दोलखाबाट प्रदेशसभा सदस्य उम्मेदवार

कुन्दन काफ्ले दोलखाबाट प्रदेशसभा सदस्य उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०७९ आइतबार १०:३७, काठमाडौँ

नेपाली कांग्रेसले कान्छा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई प्रदेशसभा सदस्यका लागि दोलखाबाट उम्मेदवार बनाएको छ। 

पुरुषतर्फका कान्छा केन्द्रीय सदस्य काफ्लेलाई कांग्रेसले दोलखा ‘क’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएको हो। 

भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) को पूर्वमहामन्त्री काफ्ले १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए। 

कांग्रेसले दोलखा ‘ख’बाट जिल्ला सभापति बर्मा लामालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ। 

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता गंगा कार्कीलाई उम्मेदवार बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .