राजनीति


अदालतलाई बालेन्द्र शाहको प्रश्न : टुकुचालाई खोला भन्न नसक्नेले नेपाललाई कसरी देश प्रमाणित गर्छ?

अदालतलाई बालेन्द्र शाहको प्रश्न : टुकुचालाई खोला भन्न नसक्नेले नेपाललाई कसरी देश प्रमाणित गर्छ?

नेपालखबर
असोज ६, २०७९ बिहिबार १०:२८, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उच्च अदालत (पाटन) लाई प्रश्न गरेका छन्।

महानगरपालिकाले टुकुचा खोला खोज्दै यसमाथि बनेका संरचना भत्काउन थालेपछि यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको छ। जसमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभत्काउन अल्पकालीन आदेश जारी गरेको छ। 

यसै विषयमा मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रश्न तेर्स्याएका हुन्। 

उनले भनेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ?

यसअघि पनि महानगरपालिकाको टोली नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन जाँदा अदालतले नभत्काउन आदेश दिएको थियो।

त्यसबेला पनि मेयर शाहले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतललाई नै दिनुपर्ने भन्दै कटाक्ष गरेका थिए। यसले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .