राजनीति


चोलेन्द्रलाई आवतजावत गर्न देऊ : मानवअधिकार आयोग

चोलेन्द्रलाई आवतजावत गर्न देऊ : मानवअधिकार आयोग

नेपालखबर
असोज २, २०७९ आइतबार २०:१२, काठमाडौँ

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निवासमै नजरबन्द गरिएकोमा आपत्ति जनाएको छ। 

आइतबार जबरालाई उनकै निवासमा पुगेर भेट गरेपछि आयोगले विज्ञप्ति प्रकाशित गरी ‘प्रधान न्यायाधीश राणाले आज मिति २०७९ असोज २ गते सर्वोच्चमा बहाली गर्न जाने तयारी गर्दा निजलाई सुरक्षाकर्मीहरुलाई बिनाकारण निवासबाटै बाहिर निस्कन नदिएको जानकारी प्राप्त भएको’ जनाएको छ।  

सरकारले जबराको सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मीसमेत फिर्ता गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

‘जुनसुकै व्यक्तिको पनि संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ’ आयोगले भनेको छ, ‘यसप्रकारका अधिकारहरुमा कुनै पनि बहानामा अवरोध पुग्न हुँदैन भन्नेमा आयोग दृढ छ। अतः संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोधको अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’

आफूमाथि महाअभियोग लगाएको संसदको आयु समाप्त भएसँगै उनी आइतवार सर्वोच्च फर्किने तयारीमा थिए। तर उनी र उनको परिवारलाई निस्किन नदिएर सरकारले अघोषित नजरबन्द गरेको छ।

चोलेन्द्र र छोरीसमेतले आफूहरूलाई नजरबन्द गरिएको बताएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली आइतबार दिउँसो बालुवाटार पुगेर अवस्थाबारे जानकारी लिएको हो।

यसैबीच चोलेन्द्रको सरकारी निवासमा २४ घण्टा प्रहरी तैनाथ गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .