राजनीति


गठबन्धनका शीर्ष नेताको बैठक ११ बजेसम्मका लागि सर्‍यो

गठबन्धनका शीर्ष नेताको बैठक ११ बजेसम्मका लागि सर्‍यो

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार ९:१२, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक ११ बजेसम्मका लागि सरेको छ। आइतबार (२६ भदौ) बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक ११ बजे बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।

यसअघि शनिबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविनै सकिएको थियो। 

बाँडफाँट कार्यदलले बुझाएको अपुरो प्रतिवेदनसहित शीर्ष नेताहरुले भागवण्डाको टुंगो लगाउनेगरी छलफल अघि बढाएका छन्। 

तर, दलहरु आ–आफ्नो अडानबाट पछि नहटेसँगै सहमति हुन सकेको छैन्। शनिबारको बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन्।

सम्मानजनक सिट नपाएको खण्डमा आफू गठबन्धनबाट बाहिरिने संकेत यादवले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .