ad ad

राजनीति


फ्रान्सेली सांसदले भेटे परराष्ट्रमन्त्री, द्विपक्षीय विकास सहकार्यबारे छलफल

फ्रान्सेली सांसदले भेटे परराष्ट्रमन्त्री, द्विपक्षीय विकास सहकार्यबारे छलफल

नेपालखबर
भदौ २०, २०७९ सोमबार १७:१०, काठमाडौँ

नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ। 

भेटवार्तामा विकास सहकार्य, ब्यापार तथा लगानी, जलवायु परिवर्तन र सांसदबीचका भ्रमण आदान प्रदानको महत्व लगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस अवसरमा मन्त्री खड्काले कोरोना महामारीका बखत फ्रान्सले दिएको सहयोगका लागि धन्यवाद दिए। 

फ्रान्सेको माथिल्लो सदन सिनेट अन्तर्गत नेपाल—फ्रान्स अन्तरसंसदीय मैत्री समूहका अध्यक्ष डेनियल सालमोनको नेतृत्वमा रहेको टोलीले मन्त्री खड्कासँग भेटेको हो। 

यहाँ रहँदा टोलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ।

दूतावासका अनुसार फ्रान्सेली टोलीले भोली बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट्नेछ।

नेपाल-फ्रान्स सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले फ्रान्सेली टोली आएको दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .