ad ad

कर्णाली


कांग्रेस कर्णालीको निर्णय : प्रक्रिया पुगेर तलबाट आएका सिफारिस केन्द्रमा पठाउने

सभापति शाहीको निर्देशन : पार्टीलाई पहिलो बनाउन एक भएर लागौँ
कांग्रेस कर्णालीको निर्णय : प्रक्रिया पुगेर तलबाट आएका सिफारिस केन्द्रमा पठाउने

नेपालखबर
भदौ २०, २०७९ सोमबार १७:२३, सुर्खेत

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति बैठकले कर्णालीका १० जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारका नाम केन्द्रमा पठाउने निर्णय गरेको छ। सोमबार सभापति ललितजंग शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीका अनुसार बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य प्रत्यक्ष–समानुपातिक निर्वाचनका लागि कर्णालीका १० जिल्लाबाट सिफारिस भएर आएका नामलाई केन्द्रीय समितिलाई पठाउने निर्णय भएको छ।

‘हाल नौ जिल्लाबाट सिफारिस प्रदेशमा आइसकेको छ। अब सल्यानबाट पनि साँझसम्म आउँछ। बैठकले छिटोमा आजै र ढिलोमा भोलिसम्म प्रक्रिया पूरा गरि आएका आफ्नो राय लेख्दै केन्द्रीय समितिलाई पठाउने निर्णय गरेको छ,’ उनले भने। 

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सम्पादन समिति सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले गठबन्धनका दलबीच सहमति गरेर जाने निर्णय गरिसकेकाले कर्णालीमा त्यही आधारमा चुनावी तयारीमा जुट्न नेता÷कार्यकर्तालाई निर्देशन दिएको प्रवक्ता शाहीले बताए। 

मुख्यमन्त्री शाहीले पार्टीले नेताको मूल्यांकन गर्दै टिकट न्यायोचित वितरण गर्ने विश्वास दिलाए। कांग्रेस सरकारले गरेका राम्रा कामबारे आमनागरिकलाई सुसूचित गर्दै प्रचारमा लाग्न समेत नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्। 

यस्तै, बैठकमा सभापति शाहीले केन्द्रको निर्णयलाई आत्मसात गर्दै कर्णालीमा पार्टीलाई पहिलो बनाउन एकताको सन्देश लिएर निर्वाचनमा होमिन निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .