अचेल मानिसहरुले अनलाइनबाट खाना मगाउनेको संख्या बढेको छ। मानिसहरु आफूलाई मन परेको खानेकुरा तत्कालै अनलाइनमार्फत अर्डर गर्छन् र डेलिभरी दिन आउने मानिसको पर्खाइमा हुन्छन्।
अमेरिकामा भने कुखुराको मासु अर्डर गरेका एक मानिसको हातमा भने हड्डी मात्र पुगेको छ।
न्युयोर्क पोस्टका अनुसार एक व्यक्तिले अनलाइनबाट चिकेन विंग्स अर्डर गरेका थिए। उनीसँग पुग्दा भने हाड मात्र बाँकी थियो। बाँकी सबै डेलिभरी दिने मानिसले खाएका थिए।
डेलिभरी दिने मानिसले एउटा नोट पनि अन्तिममा छाडेर गएका थिए। उक्त नोटमा उनले किन यसो गरेको भन्ने कारण उल्लेख गरेका छन्। यद्यपि उनले खानासँगै मगाइएको पेय पदार्थ भने जस्ताको त्यस्तै ल्याइदिएका थिए।
डेलिभरी दिने व्यक्तिले छाडेको नोटमा आफू निकै समस्यामा रहेको र भोक खप्न नसक्ने अवस्थामा पुगेकाले खाना खाएको बताएका छन्।
उक्त नोटमार्फत ग्राहकसँग उनले माफी पनि मागेका छन्। उनले नोटमा आफू जागिरप्रति खुसी नरहेको र छिटै नै जागिर छाड्न गइरहेको पनि उनले नोटमा उल्लेख गरेका छन्।
प्रतिक्रिया