राजनीति


आज पनि बस्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक

आज पनि बस्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०७९ सोमबार ८:३२, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। 

कार्यदलका एक सदस्यका अनुसार आइतबारको बैठकमा कुरा मिलन नसकेपछि आज पुनः बैठक बोलाइएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक बसेपछि सहमति हुन सकेको थिएन्। 

पाँचै दलले पाउने सिट संख्या बाँडफाँट टुंगो लगाउन बसेको बैठकमा खासै केही प्रगति नभएको र कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने समझदारी बनेको ती सदस्यले जानकारी दिएका छन्।

‘दलहरुको आ–आफ्नो अडान कायम हुँदा कुरा मिलेन’ ती सदस्यले भने, ‘कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने भन्ने भएको छ।’

कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लाने तयारी रहेको ती नतोले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad