सिट बाँडफाँट टुंगो लगाउन बसेको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठकमा सहमति हुन सकेन।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुरा मिल्न नसकेको कार्यदलका एक सदस्यले नेपालखबरलाई बताए।
पाँचै दलले पाउने सिट संख्या बाँडफाँट टुंगो लगाउन बसेको बैठकमा खासै केही प्रगति नभएको र कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने समझदारी बनेको ती सदस्यले बताए।
‘शीर्षसहितको आज बसेको कार्यदलको बैठकमा खासै केही भएन। दलहरुको आ–आफ्नो अडान कायम हुँदा कुरा मिलेन’ ती सदस्यले भने, ‘कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने भन्ने भयो।’
त्यसका लागि कार्यदलको बैठक भोलि (भदौ २०) मा बस्ने उनले बताए।
1.0k
Shares

प्रतिक्रिया