राजनीति


अफताब आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन  थापा

अफताब आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन  थापा

नेपालखबर
भदौ १८, २०७९ शनिबार ९:१०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई आगामी प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गरेका छन्। 

शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान ‘बाआमा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नियम, कानुनले मात्र नभएर नैतिकताले नमिल्ने निर्णयसमेत पार्टीले नगर्ने बताएका हुन्।    

उनले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरे। 

‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदै छ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदै छ’ भनेर साहित्यकार नयनराज पाण्डेले टिप्पणी गरेपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने नर्णय आफू आबद्ध हुँदासम्म पार्टीबाट नहुने बताए। 

‘नयनराज दाइले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला। संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु’, उनले भने। 

महामन्त्री थापाले नियम र कानूनले मात्रै समाज नचल्ने र समाच चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad