ब्लग


ऋषि पञ्चमी र रजस्वला

ऋषि पञ्चमी र रजस्वला

मञ्जरी दवाडी
भदौ १८ , काठमाडौँ

यस वर्ष पनि हिन्दू नारीले गत बिहीबार (भदौ १६ गते) ऋषि पञ्चमी (भाद्र शुक्ल पञ्चमी) अरुन्धतीसहित सप्तऋषिको पूजा आरधना गरी मनाएका छन्। यो सत्य हो– महिला प्रायः अरूले बनिबनाउ पारेको नीति, नियम, धार्मिक संस्कार अन्धाधुन्ध पछ्याउँछन्। यो किन मनाइँदै छ? यसको महत्त्व के छ भनेर सामान्य जानकारी पनि नलिई पञ्चमी मनाउने महिलाहरूलाई पितृसत्ताको दास बनाउँदा किन आश्चर्य मान्ने? मलाई त अचम्म लाग्दैन। 

तिमी अब फासी चढ्नुपर्छ है त भन्दा प्रतिप्रश्न गरेर किन सम्म नभनी मान्ने पढेलेखेको वर्गलाई के भन्ने? अनि बनाउँदैन पितृसत्ताले आफ्नो बलियो जग? अनि बन्दैनन् महिलाहरू पुरुषको दास? अनि किन नफस्टाउन् धर्मभिरुहरू? 

रजस्वला प्राकृतिक प्रक्रिया हो। गर्भाधान नभएका डिम्ब योनीबाट हरेक महिना निस्किने प्रक्रियालाई रजस्वला भनिन्छ। यो हुनु भनेको आमा बन्न योग्य हुनु हो। बरु नियमित हुनपर्ने रजस्वला बन्द भयो भने सृष्टि नै रोकिन्छ। तपाईं आज यो लेख पढ्दै हुनुहुन्छ र ऋषि पञ्चमी मनाउनुपर्छ भन्ने सोच्नु हुन्छ भने पक्कै रिस उठ्न सक्छ। किनभने ऋषि पञ्चमी जस्तो नालायक र अधर्मी चाडलाई उत्सव बनाएर हिन्दू धर्मको वकालत गर्नुहुन्छ भने तपाईं जोसुकै हुनुहोस्, यो संसारकै मूर्ख र विवेक–चेतनाहीन मानिसमा पर्नुहुन्छ। 

आधुनिक प्रविधि र विकासमा रम्दै हातमा संसार बोकेर हिँड्नुभएको तपाईंहरूलाई लाग्छ– रजस्वला हुनु पाप हो। हैन भने तर, लेकिन, धर्म, संस्कार, चाडपर्व, रीतिरिवाज भन्दै विभिन्न बाहना बनाएर यो चाड मान्ने र मान्न अभिप्रेरित गर्ने तपाईं समाजका लागि सबैभन्दा ठूलो शत्रु हुनुहुन्छ। तपाईं बुझेर पनि बुझपचाइरहनुभएको छ। 

महिलाको शरीरबाट ४ दिन बग्ने यो रगत फेहोर हो र त्यस्तो रगत निकाल्ने महिला अशुद्ध हुन् भने यो धर्तीका कुनै पुरुष शुद्ध छैनन्। अशुद्ध महिलाबाट जन्मिनुभएका तपाईंहरू पनि आज आमा सँगसँगै उहाँले जे गर्नुहुन्छ त्यही गर्नुपर्यो। नत्र चोखोनितो भई, धोई पखाली गरेर पञ्चमी नुहाएर बसेका आमाहरूसँग तपाईंहरू पनि बस्ने अनुमति छैन। अशुद्ध आमाबाट जन्मेका सबैले ऋषि पञ्चमी मनाउनुपर्यो। अनि हुन्छ बराबरी।

हरेक दिन शौच गरिएन भने के हुन्छ होला? तपाईंहरू कोही सक्नुहुन्छ शौच नगरी बस्न? सक्नुहुन्न र दैनिक शौच गर्नुहुन्छ भने तपाईं पनि शुद्ध रहनु भएन। त्यसैले तपाईंले पनि शुद्ध हुन कुनै एक दिन तोकेर पूजाआजा गरेर पाप कटाउनुहोस्। अर्को ऋषि पञ्चमी घोषणा गरौं। महिला–पुरुष दुवै मिलेर मनाउँला। के भयो त महिलाहरू त मानिहाल्छन्। आजसम्म कुनै कुरामा आवाज उठाएका छन् र महिलाहरूले? कसैले उठाएकै भए पनि कसले सुनिदिएको/मानिदिएको छ र?

रजस्वला हुनु स्वाभाविक प्राकृतिक प्रक्रिया हो भनेर बुझ्ने वर्गलाई पनि धर्म र संस्कारको आडमा ऋषि पञ्चमी मनाउन बाध्य पारिन्छ। यो बेला निस्कने रगतमा कीटाणु हुन्छ, फेहोर हुन्छ, यसले रोग निम्त्याउँछ र अरूलाई पनि हानि गर्छ। उनीहरूले अरूलाई छोए पाप लाग्छ। त्यही भएर पाप कटाउन भनेर पञ्चमी नुहाउने कि रजस्वला हुँदा अरू बेलाभन्दा धेरै सरसफाइमा ध्यान दिने? 

रजस्वलाका बेला अन्जानमा छोइएको पाप कटाउन पञ्चमी व्रत बस्नुपर्छ भनेर वकालत गर्नेहरू काठमाडौंका सडकमा थुप्रिने फोहोर भने देख्दैनन्। यो फोहोरलाई कसरी व्यवस्थापन गर्ने वा व्यवस्थापनमा संलग्नहरूलाई कसरी सहयोग गर्ने भनेर सोच्ने फुर्सदसम्म हुँदैन।

महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुटाएर फोहोेरको विसर्जन गर्नु भनेर नियम ल्याउँदा नमान्ने तर रजस्वलाले शरीर फोहोर भयो भनेर वर्षमा एकदिन महिलाहरूलाई मूर्ख बनाएर दंग पर्ने हाम्रा समाजका ‘बौद्धिक’ मान्छेहरू देख्दा रिस उठ्न छाड्यो, हासो लाग्न थाल्यो। आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रो देख्ने प्रवृत्ति हाम्रा हरेक तप्का, क्षेत्र, समुदाय, धर्म, संस्कृतिमा छ। पुरुषले आफ्नो अधीनमा राख्न महिलाहरूलाई मनोवैज्ञानिक, सांस्कृतिक रूपमा मूर्ख बनाइएको छ। र, महिलाहरू पनि मूर्ख बनिरहेका छन्।

महिनावारीजस्तो प्राकृतिक प्रक्रियालाई पनि पाप हो, फोहोरी हुनु हो भनीभनी हरेक वर्ष महिलाको मनेबल गिराउने कत्रो षडयन्त्र र जुक्ति हो यो पञ्चमी? नभए यस्तो विशेष अवस्थामा महिलाले कसैलाई छोएमा पाप लाग्ने भन्दै पाप कटाउने दिनलाई उत्सव बनाएर महिलालाई नै प्रयोग गरेर मनोवैज्ञानिक त्रासमा पारेर भगवानको नाममा व्रत बस्न किन लगाइन्छ? 

अझ यस्तो अवस्थामा विशेष माया र स्याहार आवश्यक हुन्छ। अझ बढी सरसफाइमा ध्यान दिनपर्छ। स्वास्थ्यवद्र्धक र पोषिला खानेकुरा, झोलिलो पदार्थ बढी मात्रामा खानुपर्छ भनेर चाहिँ यो चाड मनाउन किन नमिल्ने? किन छाउपडी प्रथा अन्त्य भयो भनेर सरकार आफैंले कागजमा घोषणा गर्छ? अनि फेरि धर्मको आडमा पञ्चमीको नाम दिएर पुनः अँध्यारोतर्फ धकेलेर रजस्वलालाई पाप हो भनेर मलजल गर्न किन सिकाउँछ? किन चुपचाप बसेको सरकार? यसको अर्थ मौन स्वकृति दिएको हैन र?

हरेक पटक दिसा–पिसाब गरेर आएपछि साबुन–पानीले हात धुनुपर्छ भनेर सिकाउनुपर्ने हाम्रो समाजका मान्छेलाई किन सिकाइँदैन– हरेक महिना महिलालाई रजस्वला हुन्छ भनेर? यो अवस्था व्यक्तिअनुसार फरक हुन्छ। कसैलाई हर्मोनको गडबडीले चिडचिडापन ल्याउँछ। शरीरिक पीडा दिन्छ। त्यही भएर अझ ख्याल गर्नुपर्छ भनेर पनि यो चाडलाई मनाउन मिल्छ होला नि? 

ऋषि पञ्चमी हजारौं वर्ष पुरानो रीति हो भने यसलाई उति बेलाको चेतले जे देख्यो आजको युगमा पनि पाप हो भन्दै पाप कटाउन नदी, खोला, पोखरीमा गएर ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, खरानी दलेर स्नान गर्न लगाउनुको अर्थ के हो? यदि पञ्चमी ननुहाई नहुने हो भने अब महिलाहरूले नुहाउन, दाँत माझ्न छाडे भैगो नि! एकै दिनमा पाप पखालिन्छ भने पुजाआजा गरौं। कि कसो हो दिदी–बहिनीहरू?

हैन भने आफ्नै खुट्टामा बन्चरो नहानौं। आफ्ना छोराछोरी, आफूभन्दा ससाना दिदी–बहिनीलाई यो चाड मनाउन सिकाएर अझै ढुंगे युगतर्फ नधकेलौं। एकपटक गम्भीर भएर मनन गरौं– छाउपडी प्रथाका कारण बलात्कारमा परी, चिसोले कठ्यांग्रिई, जनावरको आक्रमणमा परी ज्यान गुमाउनेहरूको सम्झनामा एउटा चेतनामूलक दिवस बनाएर रजस्वलाबारे जनचेतना फैलाउनेतर्फ सोच्ने कि? रजस्वला पाप हैन, पुण्य हो भनेर सिकाऔं। महिनावारी हुँदा छुवाछूत गर्ने कुसंस्कार सिकाएर पाप नगरौं। 

महिलाविरुद्ध हुने विभेदलाई कसुर मानी हाम्रो कानुनले महिनावारी वा सुत्केरी भएका कारण महिलालाई अलग राख्ने र छाउपडी कुप्रथा मान्नेलाई ३ महिनाको जेल वा ३ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। 

म एक महिला भएको नाताले के भन्छु भने मेरो शरीर, मेरो अधिकार, मेरो शरीरमा हुने प्राकृतिक परिवर्तन, घटना–उपघटनामा मेरो निर्णय नै अन्तिम फैसला हो। मेरो शरीरलाई अपवित्र घोषणा गर्दै धर्मका नाममा हिंसा गर्न खोजिन्छ भने म त्यसविरुद्ध आवाज उठाउँछु। संविधानले मलाई पनि बोल्ने अधिकार दिएको छ। हरेक महिना महिनावारी हुने मेरो शरीर मेरा लागि अत्यन्तै पवित्र र स्वीकार्य छ। कसैले मेरो शरीरलाई अपवित्र मान्छ भने मलाई त्यो मान्य छैन। 

भदौ १८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad