राजनीति


नयाँ दलको पहिलो बैठकमा भट्टराईले भने– हाम्रा निम्ति सत्ता सबैथोक होइन

नयाँ दलको पहिलो बैठकमा भट्टराईले भने– हाम्रा निम्ति सत्ता सबैथोक होइन

नेपालखबर
साउन २१ , काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो लागि सत्ता सबैथोक नभएको बताएका छन्। 

नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन्। 

‘निर्वाचनमा मुखमा आएको नयाँ दलले अपेक्षित परिणाम ल्याउने वा नल्याउने विषय छ,’ बैठकमा सम्बोधन गर्दै भट्टराईले भने, ‘हामीले निर्वाचनलाई एउटा साधनको रुपमा लिन्छौं। हाम्रो निम्ति सत्ता सबैथोक होइन्।’

निर्वाचन रुपान्तरणको एउटा साधनमात्र भएको भट्टराईले बताए। ‘रुपान्तरणको एउटा साधन हो, हाम्रो लागि सडक, सदन र सरकारबाट विभिन्न प्रकृतिको संघर्ष गरेर नेपाली समाजको बाँकी कार्यभार पूरा गर्न सकिन्छ भन्ने मान्यता छ।’ भट्टराईले भने।

पुरानै बाटोमा हिँड्न खोजेकाहरूले परिवर्तनको बाटो रोज्न नखोजेको उनले बताए। ‘जो मान्छेहरु पुरानो बाटोमा हिँड्न खोजेका थिए, तिनीहरुले परिवर्तनको बाटो हिँड्न खोजेनन्,’ भट्टराईले भने।

सडक, सदन र सरकारबाट संघर्षमा उत्रने उनले बताए। 

पार्टीको आजबाट सुरु भएको बैठकले निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने उनले बताए। ‘एक्लै अघि बढ्ने कि विचार मिल्ने नजिकका अरूसँग सहकार्य गर्ने भन्नेबारेमा पनि हामी निर्णय निकाल्नेछौँ।’ उनले भने। 

साउन २१, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.