राजनीति


प्रचण्ड भन्छन् : गाउँपालिकाको चुनाव १० करोड खर्च गरेर जिते, संसदमा त अर्ब लाग्ने होला

दलाल पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भनाइ
प्रचण्ड भन्छन् : गाउँपालिकाको चुनाव १० करोड खर्च गरेर जिते, संसदमा त अर्ब लाग्ने होला

नेपालखबर
साउन ९, २०७९ सोमबार ११:२२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा पैसा र तिकडम खर्च नगर्दा चुनाव जित्न गाह्रो हुने टिप्पणी गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

‘अहिले हामीले निर्वाचन प्रणालीका कुरा छन्। सुरुमा त क्रान्तिको रापताप हुँदा त जो उठे पनि जित्ने थियो,’ प्रचण्डले भने, ‘अहिले त्यस्तो छैन्। अब धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकडम गरेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ।’ 

उनले समाजवादको यात्राको बहसमा अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउँदै क्रान्तिकारीहरु नै स्वार्थतिर लागेको बताए। ‘कयौं साथीहरुलाई क्रान्ति भनेपनि जे भनेपनि अब यति नै हो, अब आफ्नो आफ्नो स्वार्थतिर लागेका छन्,। तर हामीले समाजवादतर्फ डोर्याउन अझै ठूला बहसमा जानु छ।’ प्रचण्डले भने। 

निर्वाचन प्रणालीको बारेमा चर्चा गर्दै उनले गाउँपालिको चुनावमा १० करोड खर्च गरेर जितेको रिपोर्ट आफूकहाँ आइपुगेको बताए। ‘विस्तारै विस्तारै गाउँपालिकाको चुनावमा १० करोड खर्च गरेर जितेको देखियो,’ उनले भने, ‘एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र प्रतिनिधिसभाको चुनावमा त अर्बौँतिर जाने भयो।’

श्रमजीवी जनता र क्रान्तिकारीले चुनाव लडेर जितेर आउने भनेको त सपना जस्तै हुने गएको उनले बताए। ‘दलाल र पुँजीपतिहरू मात्रै अबको चुनावमा अघि आउने भए।’ प्रचण्डको भनाई छ 

जनयुद्धको बेलामा क्रान्तिकारी बन्न प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै अहिले व्यक्तिवादी र स्वार्थी बन्नका लागि प्रतिस्पर्धा हुन थालेको प्रचण्डले उल्लेख गरे। 

‘हिजो क्रान्तिकारी बन्नका लागि प्रतिस्पर्धा हुन्थ्यो, अहिले अराजकता र व्यक्तिवादी स्वार्थी बन्नका लागि प्रतिस्पर्धा हुने हो कि भन्ने चिन्ता बढेको छ,’ प्रचण्डले भने, ‘हामी सबै आफैंबाट रुपान्तरणको, क्रान्तिकारी निष्ठा र विचलनको संघर्ष हामी गर्न सक्छौं कि सक्दैनौं?’

हिजो संघीयतालाई स्वीकार गरेका पार्टी र नेताहरुले नै त्यसका विरुद्ध उभिन थालेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad