राजनीति


समावेशी लोकतान्त्रिक पार्टीको नाम फेरिने, अध्यक्षमा बाबुराम भट्टराई चुनिँदै

समावेशी लोकतान्त्रिक पार्टीको नाम फेरिने, अध्यक्षमा बाबुराम भट्टराई  चुनिँदै

नेपालखबर
साउन ९, २०७९ सोमबार १०:४४, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका डा. बाबुराम भट्टराईले नयाँ दल गठन गर्ने भएका छन्। नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ। 

गत फागुनमा नै निर्वाचन आयोगमा दर्ता भएको ‘समावेशी लोकतान्त्रिक पार्टी’ को नाम परिवर्तन गराएर नेपाल समाजवादी पार्टी बनाउन लागिएको एक नेताले जानकारी दिए।

समावेशी लोकतान्त्रिक पार्टी दीपक लामिछानेको नाममा दर्ता भएको थियो। साे पार्टीकाे चुनाव चिन्ह आँखा राखिएको छ। माओवादी केन्द्रबाट अलग भएर डा‍‍. बाबुरामले ०७४ को निर्वाचनमा याँ शक्ति पार्टीबाट आँखा चुनाव चिन्ह लिएर गोरखाबाट चुनाव लडेका थिए। त्यही आँखा चिन्ह लिएर बाबुरामकै ग्रिन सिग्नलमा निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक दीपक लामिछानेका नाममा दर्ता भएको थियो। 

अहिले सोही दलकाे नाम र विधान परिवर्तन गरेर डा. भट्टराईको अध्यक्षतामा ‘नेपाल समाजवादी पार्टी’ दर्ता गर्नेगरी तयारी थालिएको हो।

चुनावपछि संसदमा ‘चौथो पोल’ खडा गर्ने कसरत

निर्वाचन आयोगसँग सो दलको विधान र नेतृत्व परिवर्तन गराउनेबारे परामर्श अघि बढेको एक नेताले नेपालखबरलाई जानकारी दिए। 

 उनले भने, ‘कानूनी प्रक्रियाबारे बुझ्न थालिएको छ,एक दुई दिनमै टुंगो लाग्नेछ।’

निर्वाचन आयोगको कानुनी प्रकिया केही लामो र झन्झटिलो भएकाले भट्टराई फागुनमै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीलाई नै उपयोग गर्नेगरी अघि बढेका हुन्।

जनता समाजवादी पार्टीबाट भर्खरै अलग भएर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई बेग्लाबेग्लै भेला गरिसकेका छन् । बहुमत आफ्नो साथमा रहेकाले यादवले जसपा नाम प्रयोग गर्न पाएका छन् भने डा. भट्टराईले नयाँ दल दर्ता गर्नुपर्ने बाध्यता आइलागेको छ ।

यसअघि राप्रपाबाट अलग हुँदै राप्रपा नेपाल पुनर्गठन गरेका कमल थापाले पनि यही विधि प्रयोग गर्दै आयोगमा पहिल्यै दर्ता रहेको पार्टीको अध्यक्ष बनेका थिए ।

नेपाल समाजवादी पार्टी बनाइसकेपछि डा. भट्टराईको योजना माओवादी र एकीकृत समाजवादीसँग मिलेर समाजवादी केन्द्र बनाउने रहेको भट्टराई निकट एक नेताले बताए । 
पछिल्लो समय प्रचण्डसँग भेटेर डा. भट्टराईले पार्टी एकताको प्रस्ताव राखिसकेका छन् । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad