राजनीति


नरबहादुर कर्माचार्यको परिवार भेट्न किराना पसलमै पुगे प्रचण्ड

नरबहादुर कर्माचार्यको परिवार भेट्न किराना पसलमै पुगे प्रचण्ड

नेपालखबर
साउन ९, २०७९ सोमबार ८:४९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको परिवारसँग भेट गरेका छन्।

सोमबार बिहान कर्माचार्यको स्मृति दिवसको अवसरमा परिवार तथा आफन्तजनलाई भेट गर्न ललितपुरको कुम्भेश्वरमा पुगेर भेट गरेका हुन्।

प्रचण्डसहित माओवादी नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल पनि पुगेका थिए।

उनले त्यहाँ कर्माचार्यको सालिकमा माल्यार्पण गरेका थिए। कर्माचार्यको भाइ, बुहारी लगायतका आफन्तजनसँग प्रचण्डले भेट गरेका थिए।

नेकपाका ४ जना संस्थापक नेतामध्ये कर्माचार्य एक हुन्। पुष्पलाल श्रेष्ठ, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य नेकपाका ४ संस्थापक नेता हुन्।

कर्माचार्य जीवनको अन्तिम घडीमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत थिए।

माओवादी अध्यक्ष प्रचण्डले नरबहादुर कर्माचार्यकै घरमा आफूले जनयुद्धको तयारी गरेको यसअघि बताएका थिए।

नरबहादुर कर्मचार्यको घरमा जनयुद्धको तयारी गरेका थियौँः प्रचण्ड

कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा ०७६ साउन ९ गते आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा खुलाएका थिए।

आफूले लिन भन्दापनि त्याग गर्नका लागि तयार हुने नेताको रुपमा कर्माचार्य रहेको पनि उनले बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad