राजनीति


नरबहादुर कर्मचार्यको घरमा जनयुद्धको तयारी गरेका थियौँः प्रचण्ड

नरबहादुर कर्मचार्यको घरमा जनयुद्धको तयारी गरेका थियौँः प्रचण्ड

नेपालखबर
साउन ९, २०७६ बिहिबार ६:४०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको घरमै आफूले जनयुद्धको सम्पूर्ण तयारी गरेको खुलासा गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको छौटौँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन्।तत्कालीन नेकपा एकता–केन्द्रमा एकै ठाउँमा भएको बेला आफूले कर्मचार्यको घरमै बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको उनले बताए। ‘मैले नरबहादुर कर्मचार्यकै घरमा बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको हुँ’, उनले भने, ‘म युद्धमा हामफाल्दै छु भन्नेकुरा उहाँलाई थाहा थियो।’

उनले कर्मचार्यले आफूहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्ने गरेको र सुरक्षाका निम्ति गोपनियता कायम गर्ने गरेको बताए।

उनले कर्मचार्यसँग आफ्नो पार्टीगत सम्बन्ध नभई व्यक्तिगत र पारिवारिक सम्बन्ध पनि राम्रो रहेको बताउँदै कर्मचार्य आफ्ना अभिभावक भएको बताए।

कर्मचार्य पार्टी, आन्दोलन, राष्ट्र र वर्गप्रति समर्पित र निरन्तर आन्दोलनमा लाग्न व्यक्तित्व भएको उनको भनाइ थियो।

उनले कर्मचार्य कम्युनिस्ट आन्दोलन र पार्टी एकताको पक्षमा रहेको र त्यसैलाई निरन्तरता दिन आफूहरु एकताको प्रक्रियामा अगाडि बढेको दावी गरे। कर्मचार्य आफूले लिनभन्दा पनि धेरै त्याग गर्न तयार हुने नेता भएको उनको दावी थियो। ‘यो चाहियो, त्यो चाहियो भनेर माग नगर्ने नेता हो उहाँ’, उनले भने, ‘आफूलाई नभए पनि अरुलाई होस्, पुगोस् भन्ने चाहनुहुन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .