निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख नकाट्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आदेश दिएको हो। शुक्रबार निजगढ विमानस्थलविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सबै प्रक्रिया तत्कालका लागि रोक्न पनि सर्वोच्च अदालतले आदेश दिएको छ।
लाखौं रुख काटिने भन्दै पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी, रञ्जुहजुर पाँडे र भरत बस्नेतले रिट दायर गरेका थिए।
संस्कृती पर्यटन तथा नागरिक उड्डन मन्त्री योगश कुमार भट्टराईले निजगढमा विमानस्थलको पूर्वतयारी सकिएको बताएका थिए। उनले विहीबार केहि दिन भित्रै मन्त्रिपरिषदबाट सकरात्मक निणर्य आउने बताएका थिए।
3
Shares

प्रतिक्रिया