त्रिवी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो।
नेपालले १ सय ६४ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको माल्दिभ्सले २० ओभर खेल्दा ६ विकेट गुमाएर मात्र ७९ रन बनाउन सक्यो
उसका मोहमद आजमले सर्वाधिक १७ रनको अविजित इनिङस खेले। यस्तै मोहमद रिस्वानले १३ र अलि इभानले ११ रन बनाए। माल्दिभ्सका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालले सुशन भारी र ललित राजबंशीले समान २/२ विकेट लिए। यस्तै पवन सर्राफले १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।
नेपालका करण केसीले अविजित रहदै सर्वाधिक ४० रन बनाए। यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९/१९ रन बनाए। त्यसबाहेक आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रन बनाए।
माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट लिएका थिए।
जितसँगै नेपालकफ फाइनल पुग्ने सम्भावना बाँकी नै छ। तीन खेलमा दुई जित हात पारेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। समान खेलमा माल्दिभ्सले भने कुनै अंक सकेको छैन।
टेष्ट राष्ट्र श्रीलंका यू २३ संग पराजित भएको नेपालले भुटानमाथि कीर्तिमानी जित हात पारेको थियो। फाइनल पुग्न अब अन्तिम खेलमा नेपालले बंगलादेश यू-२३ टिमलाई जित्नैपर्नेछ।
श्रीलंका यू-२३ ले तीन खेलमा सबै जित हात पार्दै अंक तालिकाको शीर्षमा छ। यस्तै बंगलादेश यू-२३ ले २ खेलमा २ जित हात पार्दै अंक तालिकाको दोस्रो स्थानमा स्थान बनाएको छ।
सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्षका दुई टोली स्वर्णका लागि भिड्नेछन्।

प्रतिक्रिया