राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नागरिकता दिने व्यवस्था कडा बनाइनुपर्ने बताएकी छन्।
अहिले खुकुलो व्यवस्था बनाएर नागरिकता दिन लागिएकोमा उनले आपत्ति जनाइन।
नागरिकता विधेयकमाथि राखेको संशोधन प्रस्ताव पेश गर्दै छलफलमा भाग लिएकी सांसद पौडेलले जन्मको आधारमा वंशजको नागरिकता प्रदान गरेमा नेपालीहरु अल्पमतमा पर्ने चेतावनी दिइन।
‘नागरिकता प्रदान गर्ने विधि कठिन बनाउनु पर्छ खुकुलो होइन,’ सांसद पौडेलले भने, ‘यो स्पष्ट धारणासहित हामीले संविधान बनाउँदा पनि त्यसको आधारमा राखेका थियौं।’
वंशजको नागरिकता पनि जन्मको आधारमा दिन नहुने उनले बताएकी छन्।
‘वंशजको नागरिकता जन्मको आधारमा दिनु हुँदैन। जन्म आधारमा नागरिकता दिँदा नेपाली अल्पमतमा पर्दछ, वंशजको आधारमा नागरिकता लडेर रगतसँग जोडिएको छ। आमा र बुबा दुवै वंशज नागरिकता भएको व्यक्तिबाट जन्मेकी सन्तानलाई मात्रै वंशजले दिनुपर्छ।’
Shares

प्रतिक्रिया