ad ad

राजनीति


नागरिकता विधेयकमाथि गोकुल बास्कोटाको टिप्पणी  : सत्ताको चास्नीले रंग बदलेर ल्यायो

नागरिकता विधेयकमाथि गोकुल बास्कोटाको टिप्पणी  : सत्ताको चास्नीले रंग बदलेर ल्यायो

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०७९ शुक्रबार १४:२३, काठमाडौँ

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नागरिकताको विषय रंग बदलेर आएको टिप्पणी गरेका छन्। 
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै बास्कोटाले उक्त कुरा बताएका हुन्। 

उनले दलहरु मौसम बद्लिए जस्तो बदलिन नहुने पनि उनले बताए। 

‘नागरिकतको विषय रंग बदलेर आयो। मौसम बदलेजस्तो बदलिन हुँदैनथ्यो, बास्कोटाले भने, ‘सत्ताको चास्नीले नागरिकताजस्तो विषयको रंग बदल्यो। हामी कसैले पनि वास्तविक नागरिकलाई नागरिकता दिन हुँदैन भनेका छैनौं।’

उनले जन्मको आधारमा नागरिकता पाउने कुरा एकपटक हुने भन्दै पटक पटक नहुने बताए। 

‘तर जन्मको आधारमा पाउने कुरा एकपटकमा एकपटक हुन्छ। कुनै पनि देशमा। या त राज्य गठन भएको अवस्थामा हुन्छ,’ उनले भने, ‘त्यसबेला पहिलोपटक जारी गरेको कानुनका आधारमा हुन्छ। जन्मका आधारमा भन्ने हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .