कांग्रेस उपसभापति धनराज गुरुङले सभापति देउवालाई बलियो बनाउने नाममा कचौरामा तेल बोकेर गएर पाखुरामा दल्न नसकिने बताएका छन्।
‘पार्र्टी बैठकमा वादीप्रतिवादीझैँ भएर आउनु भएको छ। यसले पार्टी बन्छ?’ गुरुङले भने, ‘सभापतिको हात बलियो बनाउने भनेर तेलको कचौरा लिएर सभापतिको पाखुरामा लाउन सकिन्न। बलियो बनाउने भनेको वैचारिक रूपमा बनाउने हो। हामीले त्यही गरेको हो।’
तर, सभापतिलाई बलियो बनाउन हिँड्दा पनि महामन्त्री गगन थापालगायतलाई अनावश्यक आलोचना गरिएको उनले बताए। गुरुङले बोल्दै गर्दा सभापति देउवासँग रोचक सवाल जवाफ पनि भएको थियो।
‘वैचारिक रूपमा बलियो बनाउन हिँडेका गगनलाई बहिष्कार गर्छु भन्ने? गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत थियो? अहिले साथीहरू सभापतिको नाकमा झिँगा बसेको छ भनेर तरबार बोकेर हिँडिरहेका छन्। सभापतिजी तरबारले हान्दा झिँगा मर्छ कि को?’
तुरुन्तै गुरुङले व्यंग्य कसे, ‘सभापतिजी निदाएको बेला थाहा हुँदैन।’
Shares

प्रतिक्रिया