राजनीति


‘आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत, सत्ता गठबन्धनलाई दुईतिहाइ’

‘आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत, सत्ता गठबन्धनलाई दुईतिहाइ’

नेपालखबर
असार ३०, २०७९ बिहिबार १७:५४, काठमाडौँ

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीलाई एक्लै बहुमत दिलाउने गरी लाग्नुपर्नेमा नेताहरुले जोड दिएका छन्। 

केन्द्रीय कार्य समितिको बिहीबारको बैठकमा बोल्ने नेताहरुले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी सक्रिय हुनुपर्ने कुरा राखेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। 

आजको बैठकमा माओवादी र एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने मत बलियो देखिएको पाण्डेले बताए।

आगामी निर्वाचनमा बहुमतका लागि भातृसंगठनलाई पूर्णता, पार्टीका विभागहरूलाई चुनावअघि नै मिलाएर लानुपर्ने कुरा उठेको उनले बताएका छन्। 

'पार्टीलाई आगामी निर्वाचनमा गठबन्धनबाटै बहुमतमा लैजानुपर्छ। गठबन्धनलाई दुईतिहाइ दिनुपर्छ', बैठकमा नेताहरुको भनाइ उद्धृत गर्दै पाण्डेले भने, 'चौधौं महाधिवेशनपछि बन्न बाँकी विभाग र भ्रातृ संगठनलाई पनि पूर्णता दिएर चुनावी अभियानमा होमिन नेताहरुले नेतृत्वलाई सुझाएका छन्।' 

बिहीबारको बैठकमा मन्त्रीहरूबाट परराष्ट्र मन्त्री डा. नारायण खड्काले बोलेका थिए। उनले पनि गठबन्धन बचाएर लैजान सके कांग्रेस अझै बलियो भएर जाने तर्क गरेका थिए। 

शुक्रबार उपसभामुखको निर्वाचन भएकाले अब अर्को बैठक शनिबार मात्रै बस्ने जानकारी पनि पाण्डेले पत्रकारहरुलाई दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad