ad ad

राजनीति


इराकमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन गृहमन्त्रीको आग्रह

इराकमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन गृहमन्त्रीको आग्रह

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १०:०,

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासिय राजदूत डा.फलाह अब्लुल्हसन अब्दुलसदाले शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहीबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–इराक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले राजदूत डा. अब्दुलसदालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे। उनले इराकमा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको बताउँदै त्यहाँ रहेका नेपालीको सुरक्षामा विशेष ध्यान दिन राजदुत डा. अब्दुलसदासँग आग्रह गरे।

नेपालले भ्रमण वर्ष २०२० मनाउन गईरहेको सन्दर्भमा इराकबाट थप पर्यटकहरुको आगमनका लागि वातावरण बनाईदिन राजदूतसँग गृहमन्त्री थापाले आग्रह गरे। राजदुत डा. अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफूहरु गम्भीर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपुर्ण योगदान रहेको चर्चा गरे। उनले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवाद विरुद्ध आफुहरुको लडाईमा नेपालको समेत साथ रहने विश्वास व्यक्त गरे।

उनले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठुलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताए।
जवाफमा गृहमन्त्री थापाले इराकीहरुका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आफूले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .