इतिहास रचेको खेलमा सावित्राले ह्याट्रिक गरेकी हुन्। माल्दिभ्सविरुद्धको खेलमा सावित्राले १८ औं मिनेटमा सुरुवाती गोल गर्दा खेलको २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन्।
उनले इन्जुरी समयमा गोलगर्दै ह्याट्रिक पुरा गरेकी हुन्। यस खेलको पहिलो गोल गर्दा नै सावित्रा नेपालकी सर्वाधिक गोलकर्ता बन्न सफल भएकी थिइन्।
यसअघि उनका नाममा ३५ गोल थियो। जुन पूर्व कप्तान अनु लामाको नाममा रहेको कीर्तिमानको बराबरी थियो।
ह्याट्रिक गरेसँगै सावित्रको अन्तर्राष्ट्रिय गोलसंख्या गोल संख्या ३८ पुगेको छ। यससँगै नेपाल एक खेल अगावै साग महिला फुटबलको फाइनलमा पुगेको छ।
6
Shares
प्रतिक्रिया