ad ad

समाज


पत्रकारको घरमा प्रहरीले खानतलासी गरेकोप्रति महासंघको आपत्ति

पत्रकारको घरमा प्रहरीले खानतलासी गरेकोप्रति महासंघको आपत्ति

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ९:५३,

नेपाल पत्रकार महासंघले महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झाको निवासमा प्रहरीले बिनाकारण खानतलासी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महांघका अनुसार केन्द्रीय सदस्य झाको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित घरमा हजुरआमा एक्लै रहेको अवस्थामा बुधबार बिना सूचना घरमा प्रवेश गरी प्रहरीले दुई पटक खानतलासी गरेका थिए।

बिहीबार विज्ञप्ति प्रकासित गरी महासंघले भनेको छ, ‘व्यावसायिक रुपमा पत्रकारिता गरिरहेका झाको निवासमा प्रहरीले देखाएको हर्कत निन्दनीय र आपत्तिजनक छ। प्रहरीको यस्तो कार्यले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको महासंघको ठहर छ। महासंघ यो घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .