ad ad

अटो


महिन्द्रा कम्पनीका गाडी भारतमै बिक्न छाडे, बाह्य निर्यात घट्याे, नेपालमा पनि विवादित

महिन्द्रा कम्पनीका गाडी भारतमै बिक्न छाडे, बाह्य निर्यात घट्याे, नेपालमा पनि विवादित

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ७:४२,

भारतीय सवारीसाधन निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राको सवारीसाधन बिक्री दर नोभेम्बर महिनामा घटेको छ। गत महिनामा महिन्द्राको ९ प्रतिशतले सवारीसाधन बिक्री घटेको भारतीय मिडियाले जनाएका छन्।

महिन्द्राको कुल बिक्री नौ प्रतिशतले घटेर ४१ हजार २ सय ३५ युनिटमा झरेको छ। गत वर्ष सोही अवधिमा ४५ हजार १ सय १ वटा सवारीसाधन बिक्री गरेको कम्पनीको घरेलु बजारमा गत वर्षभन्दा ७ प्रतिशतले बिक्री घटेको हाे।

गत वर्ष ४१ हजार ५ सय ६४ वटा सवारीसाधन भारतमा बिक्री गरेको कम्पनीले यस वर्ष नोभेम्बरमा ३८ हजार ६ सय १४ वटा मात्रै बिक्री गरेको छ । यसबाहेक कम्पनीको बाह्य निर्यात २६ प्रतिशतले घटेर २ हजार ६ सय २१ मा झरेको छ। अघिल्लो वर्ष नोभेम्बर महिनामा कम्पनीले ३ हजार ५ सय ३७ वटा सवारीसाधन निर्यात गरेको थियो।

महिन्द्राको यात्रुवाहक सवारीसाधन बिक्री पनि १० प्रतिशतले घटेर १४ हजार ६ सय ३७ वटामा झरेको छ। अघिल्लो वर्ष सोही महिना कम्पनीले १६ हजार १ सय ८८ वटा सवारीसाधन बिक्री गरेको थियो। कार, भ्यान, युटिलिटी भेहिकलहरुको पनि बिक्री घटेको छ। त्यस्तै व्यापारिक प्रयोजनका सवारीसाधन बिक्रीमा पनि १२ प्रतिशतले घटेर १७ हजार ३ सय ८४ युनिटमा झरेको छ। गत वर्ष उक्त अवधिमा १९ हजार ६ सय ७३ वटा सवारीसाधन महिन्द्राले बिक्री गरेको थियो ।

यसैबीच, महिन्द्राको कुल ट्र्याक्टरको बिक्री पनि घटेर २१ हजार ३२ वटामा खुम्चिएको छ। एक वर्षअघि सोही समयमा कम्पनीले २५ हजार ९ सय ४९ वटा ट्र्याक्टर बिक्री गरेको थियो। भारतमै पनि उक्त सवारीसाधन बिक्री २० हजार ४ सय १४ युनिटमा झरेको छ। एक वर्षअघि २५ हजार १ सय ५९ वटा बिक्री भएको थियो। ट्र्याक्टर निर्यात समेत ६ सय १८ वटा मात्रै भएको कम्पनीले बताएको छ।

नेपालमा विवादित

Mahindra2संघीय संसदलाइ कम्पनीले बेचेका महिन्द्राका स्कोरपियो जिप।

यता उक्त कम्पनीका गाडी नेपालमा समस्याग्रस्त भेटिएपछि पछिल्लाे समय विवादित बनेकाे छ। संघीय संसदले खरिद गरेको कम्पनीकाे स्काेर्पियाे गाडीमा समस्या भेटिएपछि यसको कमजोरीबारे अध्ययन गर्न छानबिन समिति नै गठन गरिएकाे थियाे। संसद् सचिवालयले छानबिनसँगै स्कोर्पियो जिपमा गम्भीर समस्या भेटिएकाे भन्दै तीनवटा गाडी फर्काउन निर्देशन नै दिएको थियाे। 

राष्ट्रिय सभाका सांसद रामनारायण बिँडारीकाे संयाेजकत्वमा उक्त छानबिन भएकाे थियाे। तर अध्ययन प्रतिवेदन भने लुकाइएकाे छ। संघीय संसद् सचिवालयले ११ वटा गाडी  प्रतिगाडी ५५ लाख रुपैयाँमा महिन्द्राको नेपालस्थित बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिबाट खरिद गरेको थियो। 

याे प्रकरणमा ठूलै आर्थिक चलखेल भएकाे आरोप लाग्दै आएको छ।

याे पनिः 

महिन्द्राको स्कोरपियो जिपमा गम्भीर समस्या, तीनवटा गाडी फर्काउँदै संघीय संसद (भिडियो)

महिन्द्राका समस्याग्रस्त जिप फिर्ता गर्न सभामुखले किन दिएनन् निर्देशन?

महिन्द्राका गाडीमा संसदको छानबिन, के भन्छन् छानबिन समितिका बिँडारी? 

समस्याग्रस्त स्कोरपियो फिर्ता नलगे अग्नि ग्रुपमाथि कारबाहीः बिँडारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .