राजनीति


कांग्रेस प्रवक्ताको जवाफ : देउवालाई राम्रै सल्लाह दिइरहेका छौँ

कांग्रेस प्रवक्ताको जवाफ : देउवालाई राम्रै सल्लाह दिइरहेका छौँ

नेपालखबर
असार २७, २०७९ सोमबार १६:३८, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुले राम्रै सल्लाह दिइरहेको बताएका छन्।

सानेपामा सोमबारदेखि सुरु केन्द्रीय कार्य समिति बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने भनेर दिएको अभिव्यक्तिमा पनि कटाक्ष गरे। 

महतले आफूले भन्दा महामन्त्रीहरूले नियमित भेटिरहेको बताउँदै उनीहरुकै सल्लाह पनि सभापति देउवाले लिइरहेको बताए।  

'महामन्त्रीहरू संसदमै हुनुहुन्छ। म त प्रवक्ता मात्रै हो, उहाँहरुले नै सल्लाह सुझाव दिइरहनु भएको होला', उनले भने, 'हामी सबैले राम्रो सल्लाह दिइरहेका छौँ। हामी सबैको प्रयासले काम गर्यौँ भने परिणाम अगाडि बढ्छ।'

उनले संवैधानिक परिषद्‍मा देखिएको विवादबारे जहाँ समस्या देखिएका छन् त्यसलाई समाधान गरेर जाने कोसिस हुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad