नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।
सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको भट्टले बताए। सोनार गलकोट नगरपालिका–४ भयरखर्कका स्थयी बासिन्दा हुन्।

प्रतिक्रिया