खेल


सागमा आज १९ स्वर्णको छिनोफानो हुँदै, (अहिलेसम्मको पदक तालिकासहित)

सागमा आज १९ स्वर्णको छिनोफानो हुँदै, (अहिलेसम्मको पदक तालिकासहित)

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ३:३७,

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (बिहीबार) १७ खेल हुँदैछन्।

१७ खेलमार्फत् आज १९ वटा स्वर्ण पदकको टुंगो लाग्दैछ। अहिलेसम्मको पदक तालिकाअनुसार भारत शीर्ष स्थानमा छ। हिजोसम्म नेपालले २९ स्वर्ण, १५ रजत र २५ कास्य पदक जितेको छ।

३४ स्वर्ण जित्दै भारतले ५ स्वर्ण पदकले नेपाललाई उछिनेको छ। काठमाडौं र पोखरामा जारी सागअन्तर्गत आज क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बिच भलिबल, भारोत्तोलन र उसुमा प्रतिस्पर्धा हुनेछ।

दशरथ रंगशालामा हुने क्रिकेटमा पुरुषतर्फ नेपाल भुटानसँग भिड्दैछ। दिउँसो १ बजे श्रीलंका र माल्दिभ्स भिड्नेछन्। माल्दिभ्सले श्रीलंका यू–२३ संग खेल्ने छ।

पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ। सागको महिला फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ।

दिउँसो २ बजे हुने खेल पोखरा रंगशालामा हुनेछ। यसअघि श्रीलंकाविरुद्ध १-० को गोल अन्तरले विजयी भएको थियो।

सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ।

अहिलेसम्मको पदक तालिकाअनुसार ३४ स्वर्ण, २३ रजत र १३ कास्यसहित भारत पहिलो, २९ स्वर्ण, १५ रजत र २५ कास्यसहित नेपाल दोस्रो, नौ स्वर्ण, १८ रजत र १८ कास्यसहित पाकिस्तान तेस्रो, ८ स्वर्ण, २३ रजत र ३८ कास्यसहित श्रीलंका चौथो, ४ स्वर्ण, ७ सजत र २६ कास्यसहित वंगलादेश पाँचौँ, १ स्वर्ण र २ कास्यसहित माल्दिभ्स छैटौँ र ४ कास्यसहित भुटान सातौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad