नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गरी सम्पन्न भएको छ।
सोमबार र मंगलबार गरी दुई दिनसम्म चलेको बैठकले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका १५ प्रस्ताव पारित गरेको हो।
बैठकले महँगी घटाउन, खेतीपातीको समयमा मल बीउको उचित व्यवस्था गर्न, महिला तथा बालबालिकामाथि भइरहेका हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न माग गरेको छ।
यस्तै, भारतले सीमाक्षेत्रमा बनाएका तटबन्धका कारण तराईका विभिन्न भाग डुबानमा पर्ने गरेको भन्दै भारतसँग वार्ता गरी समस्याको समाधान खोज्न पनि सो दलले माग गरेको छ।
केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल भएको थियो।
समूह नेताबाट आएको निष्कर्षसहित उठेका प्रश्नहरुको जवाफ अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले दिएका थिए।
यस्ता छन् निर्णय :
Shares
प्रतिक्रिया