ad ad

कारोबार


चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिन महासंघका अध्यक्ष गोल्छाको आग्रह

चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिन महासंघका अध्यक्ष गोल्छाको आग्रह

नेपालखबर
असार १४, २०७९ मंगलबार २१:०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन्।

मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार,कानून र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। 

उनले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण गर्दा निर्माताहरूको निकै ठूलो क्षति भोग्नु गरेको बताए। 

अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता, साना र मझौला उद्योगहरुको लागिसमेत माग गरेको बताए।

उनले कोरोना महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल पूर्णरुपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झन्झटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे।

उनले भने, ‘अहिले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिनुपर्ने अवस्था छ। जसको कारण चलचित्र निर्माताहरूको निकै ठूलो क्षति भोग्नुपरेको छ भने कतिपयको घरबार नै गएको स्थिति छ। चलचित्र निर्मातालाई प्रोजेक्ट लोन दिने सुविधा राज्यले गर्नु पर्ने छ। हामीले यस्तो खालको सुविधा अन्य साना र मझौला उद्योगहरूले पाउनुपर्छ भन्दै उठाउँदै आएका छौं। कोरोना महामारीको कारण भएको लकडाउन, बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महसुल पूर्णरुपमा छुट हुनुपर्ने कर्जा उपलब्ध गर्ने कागजात प्रक्रियागत हुने झन्झटलाई सहज वातावरणको व्यवस्था हुनुपर्ने,विद्युत महसुल मिनाहा हुनुपर्ने आवाज यो क्षेत्रका व्यवसायीहरुको छ।’

अध्यक्ष गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने बताए।

उनले भने, ‘प्राकृतिक सुन्दरताले भरिएको नेपाल आन्तरिक मात्रै होइन अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्न सक्छ। तर चलचित्र छायाङ्कनको लागि खुला खरिएका क्षेत्रमा समेत छायाङ्कनमा समस्या खडा गरिएको गुनासो अहिले पनि बाक्लै आएका छन्। समस्याहरु धेरै छन्। सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै हदैसम्म समस्या समाधान हुने विश्वास रहेको छ। घोषणा गरेका नीति तथा कार्यक्रम सही रुपमा कार्यान्वयन गर्नुपर्छ। चलचित्रले हाम्रो सोचलाई प्रभावित बनाएको हुन्छ। राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम हुन्छ त्यो चलचित्रको माध्यमबाट उठेको हुन्छ। त्यस कारण चलचित्रको विकास एकदमै आवश्यक छ। हामी सामाजिक प्राणी छौं। चलचित्रमा देखाएका धेरै कुराहरूबाट प्रभावित भएर सोच परिर्वतन  गर्ने भएकाले चलचित्रको विकास आवश्यक छ।’

अध्यक्ष गोल्छाले  सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने बताए। उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .