राजनीति


पर्यटन क्षेत्रलाई उकास्ने योजना एकसाताभित्र ल्याउँछु : मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रलाई उकास्ने योजना एकसाताभित्र ल्याउँछु : मन्त्री श्रेष्ठ

नेपालखबर
असार १३, २०७९ सोमबार १२:२८, काठमाडौँ

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी एक सातामै योजना ल्याउने बताएका छन्। 

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा उनले यस्तो बताएका हुन्। 

'कोभिडले पर्यटन क्षेत्रलाई असर गरेको छ। यसलाई कसरी उठाउन सकिएला?', उनले भने, 'देशको पर्यटन क्षेत्रलाई अघि बढाउने छौँ। त्यसका लागि केही अध्ययन पनि भएका रहेछन्। तिनकै आधारमा हामी पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्न सफल हुनेछौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad