राजनीति


स्वतन्त्रलाई आघात पुगेको भन्दै रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

स्वतन्त्रलाई आघात पुगेको भन्दै रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

नेपालखबर
असार १० , काठमाडौँ

संचारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ।

लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए।

‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो।

स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले ध्यानाकर्षण गराउँदै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरिएको छ।

‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ’ निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै उजुरी दिइएको पत्रमा भनिएको छ।

स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति/समूह/संस्थालाई गम्भीर आघात पुगेको बताइएको छ। साहुले निर्वाचन आयोगमा दर्ता गराएको पत्रमा भनिएको छ, ‘परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजन सहितका युवाहरु राजनीतिमा आउनु स्वागत योग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु।’

लामिछानेले ‘स्वतन्त्र’ शब्द जोडेर पार्टीको नाम घोषणा गरेपछि पक्ष र विपक्षमा बहस भइरहेको छ। लामिछानेले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेका छन्।

डम्बर साहुले स्थानीय निर्वाचनभन्दा आठ महिनाअघि स्वतन्त्र उम्मेदवारी अभियान गठन गरेका हुन्। काठमाडौंमा बालेन्द्र शाहलाई जिताउन भूमिका खेलेको यस अभियानले आगामी असार १७ र १८ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दै छ।

राष्ट्रिय भेलाको तयारीको लागि अभियानका नेताहरु देश दौडाहमा छन्।

रवि लामिछानेका दाजुभाइले यसरी गिजोले ‘स्वतन्त्र’ अभियान

रविको स्वतन्त्र पार्टी : मुख्य राजनीतिक मुद्दामा मौन, घण्टीले गर्ला चमत्कार?

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

स्वतन्त्र उम्मेदवारी अभियानले बुटवल, इटहरी दमकलगायतका स्थानमा भेला आयोजना गरी सुझाव संकलन गरिसकेको छ। 
अभियानले काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमीको नेतृत्वमा आगामी बाटो तय गर्ने साहुले बताउँदै आएका छन्। 

घण्टी बजाएर खुल्यो रविको स्वतन्त्र पार्टी (तस्बिरहरु)

समानुपातिक भोट बटुल्न पनि पार्टी चाहियो : रवि लामिछाने

 रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव : हामीले गरेको कमजोरीबाट सिक्ने प्रयास गर

रवि लामिछानेका दाजुभाइले यसरी गिजोले ‘स्वतन्त्र’ अभियान

रविलाई मिलेन घरकै साथ, दाजु हरिशरण भन्छन् : आजीवन त्यो पार्टीमा जान्न

 

असार ८, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad