प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।
बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मा उपस्थित भएका छन्। समितिले खड्का र शर्मालाई छलफलका लागि बोलाएको थियो।
प्रधानमन्त्रीको अमेरिकी भ्रमण र नेपालको परराष्ट्र नीति कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बोलाएको संसदीय समितिले बोलाएको हो।

अमेरिकी सेनाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव गरेको र चाँडै हस्ताक्षर हुन लागेको भन्ने सार्वजनिक भएपछी त्यस विषयमा छलफल गर्न समितिले प्रधानसेनापति शर्मालाई बोलाएको हो।
अमेरिकी सेनाले प्रस्ताव गरेको सैन्य सम्झौता एसपीपीबारे नेपाली सेनाको धारणा बुझ्न प्रधानसेनापतिलाई डाकिएको सभापति पवित्रा निरौला खरेलले बताइन्।
समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले बोल्न सुरु गरेका छन्। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता ईश्वर पोखरेल, सभापति पवित्रा निरौला खरेल लगायतको उपस्थिति रहेको छ।
| संसदीय समितिलाई परराष्ट्रमन्त्रीको जवाफ : एसपीपीको च्याप्टर क्लोज भइसक्यो |
Shares

प्रतिक्रिया