परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोगाम(एसपीपी) को च्याप्टर क्लोज भइसकेको दाबी गरेका छन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिन उपस्थित भएका मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन्।
उनले अब यो अघि बढ्न नसक्ने बताए। ‘अब अघि बढ्न सक्दैन,’ खड्काले भने,‘यो नेपालको हितमा छैन। एसपीपी नेपाललाई स्वीकार्य छैन’ उनले भने।
समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले बोल्न सुरु गरेका छन्। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता ईश्वर पोखरेल, सभापति पवित्रा निरौला खरेल लगायतको उपस्थिति छ।
231
Shares

प्रतिक्रिया