राजनीति


कानुनमन्त्रीको स्पष्टीकरण : एसपीपीबारे अमेरिकालाई कुनै प्रस्ताव पठाएको छैन

कानुनमन्त्रीको स्पष्टीकरण : एसपीपीबारे अमेरिकालाई कुनै प्रस्ताव पठाएको छैन

नेपालखबर
असार १, २०७९ बुधबार १८:१३, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का लागि कुनै पनि प्रस्ताव नगरेको स्पष्ट पारेका छन्। 

प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत सांसदहरुले सो प्रस्तावबारे गम्भीर प्रश्न उठाइरहेका बेला मन्त्री कोइरालाले एसपीपीका लागि सरकारले कुनै प्रस्ताव अमेरिकासँग नगरेको जवाफ दिए।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्ता खालको प्रश्ताव गरियो भनेर सरकारलाई बदनाम गराउन खोजिएको दाबीसमेत गरे। 

प्रस्ताव गरियो भनेर भन्नु गलत र झुटो भएको टिप्पणी गर्दै मन्त्री कोइरालाले त्यसको पछि नलाग्न पनि आग्रह गरे।

‘नेपाल सरकारले कुनैपनि स्टेट पार्टनरसीपका लागि प्रश्ताव गरेको छैन । राखेको छैन । हामी कहाँ प्रश्ताव आएको पनि छैन । यो कुरा गलत हो, झुटो हो । सरासर गलत हो', उनले भने, 'सरकारलाई बदनाम गराउने खेल मात्रै हो । कहीँकतै आएको छैन । यो सेसनको आरम्भमा नै यो कुरा सोधिएको थियो । म सरकारको तर्फबाट प्रष्ट गर्न चाहन्छु–त्यस्तो प्रस्ताव आएको छैन । त्यसैले वनको बाघले होइन, मनको बाघले हामीलाई नखाओस्।’

मन्त्री कोइरालाले एमसीसी सम्झौता गरेपछि अमेरिकी सेना नेपाल आउने भनाइमा सत्यता नरहेको पनि दोहोर्‍याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad