सरकारले विमला कुमारी खत्री वलीबारे उठेको प्रश्नको जवाफ दिएपछि लुम्बिनी प्रदेश सभा सुचारु भएको छ।
बजेट प्रस्तुत गर्न अपरान्ह ४ बजे बसेको प्रदेस सभामा लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीका सम्बन्धमा एमालेले सरकारको जवाफ माग गर्दै बैठक अवरुद्ध गरेको थियो।
त्यसपछि बैठक २५ मिनेटको लागि स्थगित भएको थियो।
दोस्रो बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जवाफ दिएका थिए। उनले घटनाप्रति प्रदेश सरकार पनि गम्भीर र जवाफदेखी भएको बताएका थिए।
घटनाको सम्बन्धमा ३ सदस्यीय जाँचबुझ समिति बनाएको र छिट्टै सत्य तथ्य प्रदेश सभालाई जानकारी गराउने उनले बताएका थिए।
प्रदेश सरकारले आजै मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय जाँचबुझ कार्यादल बनाएको थियो।
सरकारको जवाफपछि प्रदेश सभा सुचारु भएको छ। अहिले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भइरहेको छ।
Shares
प्रतिक्रिया