प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट सुरु भएको १३औँ साग उद्घाटन समारोहमा प्रत्यक्ष उपस्थित हुन नसके पनि विशेष चासो दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सागको शुभारम्भ आईसीयूबाटै आईप्याडमा हेरेको जानकारी दिए। थापाले सामाजिक सञ्जाल फेसबुकमा उक्त जानकारी दिएका हुन्।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा सागको उद्घाटन गरेकी थिइन्। प्रधानमन्त्री ओली उपस्थित नभएपछि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले साग उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए।
प्रधानमन्त्री ओलीको आज पनि डाइलासिस गरिएको थियो। उनी महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टर उपचाररत छन्।
3
Shares

प्रतिक्रिया