राजनीति


नयाँ-पुरानो भन्ने छैन, जसलाई मन लाग्छ भोट दिनुस्: रवि लामिछाने

नयाँ-पुरानो भन्ने छैन, जसलाई मन लाग्छ भोट दिनुस्: रवि लामिछाने

तस्बिर: सरोज नेपाल/नेपालखबर


नेपालखबर
असार ९, २०८३ मंगलबार १६:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वा पुरानो नभनेर मन लागेको उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्। 

भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु भएको रास्वपाको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले केन्द्रीय सदस्यका उम्मेदवारलाई मत दिँदा नयाँ वा पुरानो नभन्न आग्रह गरेका हुन्। उनले कसलाई मत दिने वा कसलाई नदिने भन्ने निर्णय नगरेको बताए। 

‘केही सूचना मैले सुनेको छ। यसलाई दिन कि नदिने, सांसदलाई दिने कि नदिने, मन्त्रीलाई दिने कि नदिने?,’ लामिछानेले थपे, ‘मन्त्री वा सांसदलाई दिने कि नदिने पार्टीले कुनै औपचारिक निर्णय गरेको छैन।’

उनले प्रतिनिधिलाई उम्मेदवार बन्न पनि कुनै छेकबार नभएको बताए। ‘निर्वाध रुपमा उम्मेदवारी दिनुस्,’ उनले भने। 

कुन उम्मेदवारलाई मत दिन वा कुन उम्मेदवारलाई मत नदिने भनेर उर्दी जारी नगरिने बताए। उर्दी जारी गर्ने रास्वपाको संस्कार नभएको उनको भनाइ थियो। 

‘उठेका मान्छे ति सांसद वा मन्त्री हुन्, पार्टीको स्थापनाकालदेखि लागेका हुन् या अस्ति भर्खरै जोडिएका हुन्? कसलाई भोट दिने, त्यो तपाईको जिम्मा,’ लामिछानेले भने, ‘यसलाई भोट दिऔँ, उसलाई भोट दिऔँ भनेर उर्दी जारी गर्ने पक्षमा हामी छैनौँ।’

 रास्वपा बन्त्रसत्रबाट केही प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ। रास्वपामा पहिलो सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। 

त्यसपछि दोस्रो चरणमा पदाधिकारी निर्वाचन हुनेछ। पदाधिकारीका लागि केन्द्रीय सदस्यले मतदान गर्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad