राजनीति


यो सरकार ‘बाहिरवाला’को हो, उनीहरूकै हितमा काम भइरहेको छ: महन्थ ठाकुर

यो सरकार ‘बाहिरवाला’को हो, उनीहरूकै हितमा काम भइरहेको छ: महन्थ ठाकुर

नेपालखबर
असार ९, २०८३ मंगलबार १५:५६, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन्।

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। सरकारले बाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरू खुशी भएको पनि सांसद ठाकुरको जिकिर थियो। \

उनले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि बताए। सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाई थियो।

उनले भने, ‘जनताको हातमा त केही छैन। सबै सकियो। हाम्रो स्वतन्तत्रतामाथि नै असर परिरहेको छ। किनकी बाहिरका मानिसहरुले सबै चिज कब्जा गरिहाले। र उनीहरुको चित्त बुझाउने गरी सारा काम भइरहेको छ। हामी त त्यसमा कहीँ पनि पर्दै पर्दैनौँ। हामी यो देशका नागरिक हौँ। हाम्रो चित्त बुझाउने किसिमको हाम्रो भलाई हुने किसिमको काम हाम्रो सरकार भएन। यो त हाम्रो सरकार नै छैन। यो बाहिरवालाको सरकार हो। बाहिरवालाले त यो सरकारलाई बाहवाही दिइरहेको नै छ नि।’

सांसद ठाकुरले सरकारको कारण मुलुक बाह्य मुलुकहरुको कब्जामा गएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad