काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कूलले गत वर्ष एसईई परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई विदाई गरेको छ।
एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको फेरिल्याण्ड स्कूलका २८ जना छात्रछात्रालाई मायाको चिनो प्रदान गरी विद्यालयले विदाई गरेको हो। शनिबार भएको कार्यक्रममा प्रदेश सभा सदस्य कुशुम कुमार कार्कीले विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि विदेश गएपनि अध्ययन सकिएपछि नेपाल आएर देशको सेवामा लाग्न आग्रह गरे। उनले देश विकासका लागि तीनै पुस्ता सँगसँगै रहनुपर्ने भन्दै युवा पुस्ताको महत्वपुर्ण भूमिका रहने बताए।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तृत गरेका थिए।
विद्यार्थीहरूले गत वर्षको भन्दा राम्रो नतिजा ल्याएको र नतिजा राम्रो बनाउनका लागि शिक्षकहरूको पनि उत्तीकै महत्वपूर्ण भूमिका रहेको भन्दै विद्यालयले विद्यार्थीका साथ साथै शिक्षकशिक्षिकालाई पनि सम्मान गर्दै मायाको चिनो प्रदान गरेको थियो।

यस्तै, कार्यक्रममा बुढानिलकण्ठ–१० का अध्यक्ष नवराज भट्टराई, प्याब्सन काठमाडौंका सचिव लोकेन्द्र खड्का, प्याब्सन बुढानिलकण्ठका उपाध्यक्ष राधेश्याम श्रेष्ठ, समाजसेवी मिठाराम अधिकारी, राजाराम सिलवाललगायतले विद्यालयले छोटो समयमै राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरेका थिए।

प्रतिक्रिया