त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २० वर्षपछि नेपाल फर्किएको क्षेत्रीय खेलकुदको सबैभन्दा ठूलो इभेन्टको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्।
पाँच बजे राष्ट्रपतिको आगमनसँगै मार्चपास शुरु भएको थियो। यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन भएको घोषणा गरेसँगै आतिसबाजी गरिएको थियो।
भिडियो:
लगत्तै राष्ट्रिय क्रिकेट टोलीको कप्तान पारस खड्काले खेलाडीका तर्फबाट र ब्याटमिन्टनका अम्पायर दीपक थापाले प्रशिक्षकका तर्फबाट सपथ ग्रहण गरेका थिए। यस्तै आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी, सत्यराज आचार्य र मिलन आमात्यले सार्क गीत गाएर सबैलाई मनोञ्जित गरेका थिए।
साथै उद्घाटन समारोहमा बिम लाइट, लेजर लाइट, सबै क्षेत्रका कला संस्कृतिको प्रदर्शन आकर्षक थियो। नेपालखबरकर्मीद्वय प्रविन कोइराला र स्नेहा केसीले खिचेका केही तस्बिरहरु:




























































प्रतिक्रिया