सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले संसद भवनमा खटिएका प्रहरीले आफूलाई सलाम नहानेको बताएकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको शून्य समयमा आफ्ना भनाइ राख्दै गुरुङले संसद भवनमा तैनाथ प्रहरीले सलाम नगरेको गुनासो सभामुखसमक्ष राखेकी हुन्।
सांसद गुरुङले संसद भवनको क्यान्टिनमा खाना ढिलो दिएको अर्को गुनासो पनि राखिन्। त्यसक्रममा गुरुङले संसद भवन क्यान्टिनको खानामा गुणस्तर नभएको पनि बताइन्।
सांसदलाई कानुन बनाउने वातावरण नभएको बताएकी उनले अर्को अनौठो कुरा प्रहरीले सलाम नगरेको पनि उल्लेख गरिन्।
‘सांसद पनि मान्छे हो, भोक, तिर्खा र थकाई लाग्छ, क्यान्टिनमा ढिलासुस्ती छ। खानामा लापरबाही देखिन्छ, गुणस्तरीय छैन', उनले भनिन्, 'शौचालयमा भुइँभर पानी छ। पानी पिउन जाँदा गिलास नै हुँदैन।'
गुरुङले संसद भवनभित्र घुम्न पाउनुपर्ने पनि बताइन्। 'हामीले यस भवनभित्र जताततै घुम्न पाउनुपर्छ', उनले सुनाइन्, 'सुरक्षाकर्मीले पनि कहिले अभिनन्दन गर्छन् कहिले गर्दैनन्। लापरबाही भएको छ।'
गुरुङले एमाले नेतृ एवम् पूर्वकानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको कार्यकालमा आफूहरुलाई सहज रहेको बताइन्। अहिले सांसदहरुलाई त्यस्तै वातावरण आवश्यक रहेको पनि उनको भनाइ थियो।
Shares

प्रतिक्रिया