ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाट स्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ ।
उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउने सम्झौता समेत गरेको छ। बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङ लगायत दिगो डिजाइनका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रा.लि.सँग सम्झौता गरेको छ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबीटी प्रालिका प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
Shares

प्रतिक्रिया