ad ad

राजनीति


बहुमत सिद्ध गर्न नसक्ने भएपछि महाराष्ट्रका मुख्यमन्त्रीले दिए राजीनामा

बहुमत सिद्ध गर्न नसक्ने भएपछि महाराष्ट्रका मुख्यमन्त्रीले दिए राजीनामा

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १०:२४,

मंगलबार राष्ट्रवादी काँग्रेसका तर्फबाट उप–मुख्यमन्त्री अजित पवारले राजीनामा दिएपछि फडणवीसले पनि राजीनामा दिएका हुन्।

मुख्यमन्त्री तथा उप–मुख्यमन्त्रीको सपथ लिएको तेस्रो दिनमै दुवैले राजीनमा दिएका हुन्।

शनिबार मात्र अजित पवारले उप–मुख्यमन्त्रीको सपथ लिएका थिए। पवार आफ्ना पार्टीका नेतासँग छलफल नै नगरी भाजपा सरकारमा समावेश भएका थिए।

तर राष्ट्रवादी काँग्रेस पार्टीका प्रमुख शरद पवारले सरकार निर्माण प्रक्रियामाथि प्रश्न उठाएपछि त्यहाँ राजनीतिक विवाद निम्तिएको थियो।

शरदले आफ्ना भतिजा अजित राज्यको उप–मुख्यमन्त्री बन्नेबारे केही थाहा नभएको प्रतिक्रिया जनाउँदै भाजपाले सरकार बनाउनका लागि बहुमत जुटाउन नसक्ने दाबी गरेका थिए।

शरद पवारका अनुसार शिव सेना, एनसीपी र काँग्रेस मिलेर महाराष्ट्रमा सरकार बनाउने फैसला भएको थियो। तर कसैलाई खबर नगरी अजित उप–मुख्यमन्त्री बनेपछि सबै रुष्ट बनेका थिए।

महाराष्ट्रमा कुल २ सय ८८ सिटमध्ये भाजपा आफूसँग १ सय ७० विधायकको साथ भएको दाबी गर्दछ।

यद्यपी राष्ट्रवादी काँग्रेसले भाजपाको दाबीलाई स्वीकार गर्दैनन्।

बीबीसीहिन्दीका अनुसार भाजपासँग १ सय ५ विधायक छ भने शिव सेनासँग ५६, राष्ट्रवादी काँग्रेस ५४, काँग्रेस ४४ तथा अन्यका २९ विकायक छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .