ad ad

कार


मारुती सुजुकी बालेनोको चौथो वार्षिकोत्सव : साढे ६ लाख ग्राहकमा पुग्यो

मारुती सुजुकी बालेनोको चौथो वार्षिकोत्सव : साढे ६ लाख ग्राहकमा पुग्यो

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १०:२७,

मारुती सुजुकीको बालेनो कारले चौथो वार्षिकोत्सव मनाएको छ। उक्त कार हालसम्म साढे ६ लाख ग्राहकमा पुगेको छ।

यो कार सन् २०१५ अक्टोवरमा सार्वजनिक भएको थियो। बालेनोलाई ग्राहकले पनि अत्यन्त रुचाएको मारुती सुजुकीले जनाएको छ।

यसको लिक्विड फ्लो डिजाइन, उच्च श्रेणीको क्याबिन र नवीनतम प्रविधिका कारण ग्राहकमाझ अत्यन्त रुचाइएको कारका रुपमा बालेनोलाई लिइने गरिएको छ। त्यस्तै यसमा सुरक्षालाई पनि उच्च प्राथमिकता दिइएको छ।

ग्राहकको मागअनुसार यो गाडीलाई नयाँ पुस्ताको स्मार्ट हाइब्रिड प्रविधियुक्त बालेनो समेत गत जनवरीमा सार्वजनिक गरिएको थियो। कम्पनीका कार्यकारी निर्देशक शशांक श्रीवास्तवले यो कारको उच्च प्रशंसा समेत गरे्का छन्। प्रिमियम ह्याचब्याकका रुपमा यो कार मारुती सुजुकी परिवारमा जन्मिएको उनले बताए।

यसले ग्राहकको चाहना पूरा गरेको उनको भनाइ छ। भारतमा मात्रै यो कार ६ लाख ग्राहकमा पुगेको कम्पनीले बताएको छ। भारतका २ सय सहरमा यो कार किन्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .